अमेरिकी सहयोग नियोग यूएसएआईडीले सहयोग रोकेपछि एचआईभी, पोलियो, एमपक्स र बर्ड फ्लूको उपचारका अरबौं डलरका कार्यक्रमहरू प्रभावित भएका छन ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अधानोम घेब्रेयेससले सहायता कार्यक्रम पुन सुचारु गर्न आग्रह गरेका छन । उनका अनुसार ५० देशमा एचआईभी उपचार र अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन् ।
विश्व स्वास्थ्य संगठनले पहिलो पटक अमेरिकी सहयोग रोकिएको बिषयमा आफनो प्रतिकृया सार्बजनिक गर्दै यसको असर बारे धेरैलाई चिन्तित बनाएको जनाएको छ ।
सहयोग रोकिदा आधुनिक जोखिमहरुका कारण स्वास्थ्य क्षेत्रमा धेरै समस्या हुनसक्ने प्रमुख टेड्रोसले भनेका छन ।
वैश्विक स्वास्थ्यका विज्ञहरूले सहयोग कटौतीका कारण रोगहरूको फैलावट र भ्याक्सिन र नयाँ उपचारको विकासमा ढिलाइ हुनसक्ने बताएका छन । ट्रम्पले यूएसएआईडीलाई लाई ‘अक्षम र भ्रष्ट’ भनेर आरोप लगाएका छन ।
उनले हालै एजेन्सीको १० हजार कर्मचारीको ठूलो संख्यामा कटौती र लगभग सबै सहायता कार्यक्रमहरूको तत्काल निलम्बनको घोषणा गरेका थिए ।
यूएसएआईडीले वार्षिक रुपमा लगभग ४० अर्ब डलर खर्च गर्दछ । जसको अधिकांश रकम स्वास्थ्य कार्यक्रमहरूमा खर्च हुने गरेको छ ।
संघीय सरकारको आकार घटाउने ह्वाइट हाउसको प्रयासमा काम गरिरहेका अरबपति इलोन मस्कले यूएसएआईडीलाई ‘अपराधी संस्था’भनेका थिए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर