काठमाडौं । अदालतको अवहेलना मुद्दा चलाइएका दलित अभियन्ता खगेन्द्र सुनारलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
अन्तरजातीय प्रेम गरेका नवराज विकसहित ६ जनाको हत्या प्रकरणका प्रतिवादीहरूलाई उच्च अदालत सुर्खेतले जातीय भेदभाव कसुरमा सफाइ दिएपछि भएको विरोध प्रदर्शनमा अदालतको अवहेलनाजन्य कार्य गरेको आरोपमा अभियन्ता सुनारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दामाभएको सुनुवाइपछि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सुनुवारलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सुनारले बयानका क्रममा ‘सम्मानित अदालत र श्रीमान् समक्ष क्षमाप्रार्थी छु’ भन्दै प्रतिबद्धता व्यक्त गरेपछि साधारण तारेखमा छाड्न आदेश भएको हो।
साधारण तारेखमा छाड्ने आदेश भएपछि सुनारले आफूहरूको लडाइँ अदालतसँग नभएको बताउँदै अदालतबाट न्याय हुने विश्वास रहेको प्रतिक्रिया दिएका छन्। साथै, अभियन्ता सुनारले आगामी दिनमा आन्दोलन थप शसक्त हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन