काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न आग्रह गरेको छ ।
आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा सूचनामार्फत सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै माध्यमबाट हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न सचेत गराएको छ ।
यूएईमा रहेका सबै नेपालीलाई त्यहाँको कानून पालना गर्न र त्यस विपरीत कार्य भएमा कानूनबमोजिम दण्डनीय हुने चेतावनी यूएईका आधिकारिक निकायबाट जारी भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।‘दुबई प्रहरीले विमानस्थल र दुबई क्षेत्रका कुनै पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न, गरेको भए हटाउन भनेको छ । यस्ता क्रियाकलाप नरोकिए डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुने त्यहाँको प्रहरीले चेतावनी दिएको छ’ सूचनामा भनिएको छ ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर