धनगढी । हलिया परिवारमा जन्मिएका गणेश विश्वकर्मा यतिबेला राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेका छन्।
नेपाली कम्युनिस्ट पार्टीले उनलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेपछि स्थानीयस्तरदेखि दलित तथा श्रमिक समुदायसम्म सकारात्मक प्रतिक्रिया देखिएको छ।
हलिया मुक्ति अान्दोलनका अगुवा समेत रहेका विश्वकर्मा दलित कलष्टर अन्तरगत नेकपाकाे समानुपातिक सुचिकाे पहिलाे नम्बरमा छन् ।
हलिया प्रथा नेपालमा ऐतिहासिक रूपमा श्रम शोषण र सामाजिक विभेदको प्रतीक मानिन्छ। त्यही पृष्ठभूमिबाट आएका विश्वकर्माको उम्मेदवारीलाई धेरैले सामाजिक न्याय र समावेशिताको सन्देशका रूपमा लिएका छन्।
सुदूरपश्चिम प्रदेशकाे विकट पहाडी बझाङ जिल्लाकाे ग्रामीण परिवेशमा जन्मे,हुर्किएका उनले शिक्षा, रोजगारी, भूमि अधिकार र दलित समुदायको सम्मानजनक जीवनको सवाललाई आफ्नो प्रमुख एजेण्डा बनाउने बताएका छन्।
पार्टीका नेताहरूका अनुसार समानुपातिक प्रणालीको मूल उद्देश्य नै राज्यबाट पछाडि पारिएको सिमान्त समुदाय र वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नु हो। त्यस सन्दर्भमा विश्वकर्माको उम्मेदवारीलाई समावेशी राजनीतिक अभ्यासको निरन्तरताका रूपमा व्याख्या गरिएको छ।
स्थानीय समर्थकहरू भन्छन्, “हलियाको घरबाट संसद्को सूचीसम्म पुग्नु केवल व्यक्तिगत उपलब्धि होइन, समुदायको आत्मविश्वासको विषय हो।” उनीहरूले विश्वकर्माले संसद्मा पुगेर श्रमिक, दलित र पछाडि पारिएका वर्गका मुद्दा सशक्त रूपमा उठाउने अपेक्षा गरेका छन्।
अबको चुनौती भनेको प्रतिनिधित्वलाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्नु हो। हलिया पृष्ठभूमिबाट आएका उम्मेदवारको यो यात्रा प्रतीकात्मक सफलतामा सीमित रहने कि ठोस परिवर्तनमा परिणत हुने—त्यसको उत्तर आगामी दिनहरूले दिनेछन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन