काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका गोरले शुक्रबार परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले लगानी र व्यापार प्रवर्द्धनमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यससँगै परराष्ट्रमन्त्री खनाल र गोरबीच नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित बिहीबार काठमाडौँ आएका थिए। तीन दिने नेपाल भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि २० अप्रिलमा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले नेपाल भ्रमण गरेका थिए। गत फागुन २१ को चुनावपछि शाह नेतृत्वमा सरकार बनेपछि नेपाल आएका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कूटनीतिज्ञ हुन्।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी