काठमाडौं । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीकरणमा चिनियाँ प्राविधिक टोलीले प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको जानकारी गराएको हो।
उक्त प्रस्तुतीकरणमा रेलमार्गको डिजाइन र अनुमानित लागतका विषय समेटिए पनि लगानीको मोडालिटी र निर्माण प्रक्रियाबारे भने प्रतिवेदन प्राप्त भएपछि मात्रै विस्तृत छलफल हुने नेपाली अधिकारीहरूको भनाइ छ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने सम्झौता भएको थियो। त्यसयता ४२ महिनाको समयसीमा पाएका चिनियाँ प्राविधिकहरूले आफ्नै देशको आर्थिक र प्राविधिक सहयोगमा स्थलगत अध्ययन अघि बढाएका थिए। अध्ययनका क्रममा प्रस्तावित रुटको भौगर्भिक र प्राविधिक पक्ष बुझ्न ड्रोनको समेत प्रयोग गरिएको थियो। सम्भाव्यता अध्ययनले केरुङदेखि काठमाडौंको टोखासम्मको रुटलाई मुख्य आधार मानेको छ।
प्रारम्भिक अध्ययन अनुसार नेपालतर्फको ७२ किलोमिटर खण्ड निकै चुनौतीपूर्ण र खर्चिलो हुने देखिएको छ। यस रेलमार्गको ९५ प्रतिशतभन्दा बढी भाग जमिनमुनि (सुरुङ) रहने रेल विभागका अधिकारीहरूले बताएका छन्। कुल दूरीमध्ये ६८.६ किलोमिटर सातवटा सुरुङ र २.६ किलोमिटर दूरी नौवटा पुलले ओगट्ने प्रस्ताव गरिएको छ। यसले गर्दा यो रेलमार्ग विश्वकै जटिल र आधुनिक इन्जिनियरिङको नमूना हुने अनुमान गरिएको छ।
यसैबीच, सरकारले केरुङ–काठमाडौं रेलमार्गलाई मात्र नभई अन्य रणनीतिक रेलमार्गहरूलाई पनि प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार चीन सरकारको सहयोगमा केरुङ–काठमाडौंको अध्ययनसँगै काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्गको अध्ययन कार्य समेत अगाडि बढिरहेको छ। यी आयोजनाहरूले नेपालको कनेक्टिभिटीमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी