काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो।
भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको हो।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७ बजेर ४० मिनेटमा गएको हो । भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ।
शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरू उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित देशका अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा
बन्दरगाहहरूभन्दा टाढा सुरक्षित स्थानमा जान सल्लाह दिएको छ।
यस्तै, फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई तुरुन्तै उचाइ भएका स्थान वा भित्री भूभागतिर स्थानान्तरण हुन आग्रह गरेको छ।
इन्डोनेसियाको एजेन्सीले देशको उत्तर-पूर्वी तटीय क्षेत्र र जापानले प्रशान्त महासागरीय तटका विभिन्न भू-भागमा सुनामीको पूर्वचेतावनी एडभाइजरी जारी गर्दै नागरिकलाई सचेत रहन भनेका छन्। हालसम्म भूकम्पका कारण भएको भौतिक तथा मानवीय क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
दिल्ली पुगे चीनका राष्ट्रपति