काठमाडौं : संविधान संशोधनको बहसलाई दलित समुदायको अधिकार, समानुपातिक समावेशिता तथा सामाजिक न्यायका दृष्टिकोणबाट सशक्त बनाउन स्वतन्त्र दलित नागरिक समाज ले पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।
“संविधान संशोधनमा दलितका सवाल” विषयक उक्त पत्रकार भेटघाट कार्यक्रम आज मंगलबार दिउँसो २ बजे अनामनगरस्थित सिलौटाे कटेजमा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत संविधान संशोधन प्रक्रियामा दलित समुदायका हक, अधिकार, प्रतिनिधित्व तथा संवैधानिक सुनिश्चितताका विषयमा आफ्नो धारणा सार्वजनिक गरिनेछ। साथै संविधान संशोधनका क्रममा दलित समुदायका मुद्दालाई प्राथमिकताका साथ समेट्न संबिधान संसाेधन बहसपत्र तयार कार्यदल, सत्तारुढ रास्वपा र विपक्षी राजनीतिक दल तथा सरोकारवाला निकायलाई आग्रह गरिने आयोजकको भनाइ छ।
कार्यक्रममा मुलधारका सञ्चारकर्मी र दलित अधिकारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजक स्वतन्त्र दलित नागरिक समाजले संविधान संशोधनको बहसलाई समावेशी, न्यायपूर्ण र सबै समुदायको अधिकार सुनिश्चित गर्ने दिशामा अघि बढाउन सञ्चारकर्मिहरुलाई कार्यक्रममा उपस्थित भई समाचार सम्प्रेषण गरिदिन अनुरोध गरेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन