काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उहाँको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गर्नुभएको छ।
भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्रीसमक्ष राख्नुभएको थियो। मन्त्री बादीले परिवारका भनाइ गम्भीरतापूर्वक सुन्दै उहाँहरूले भोग्दै आउनुभएको पीडाप्रति गहिरो संवेदना व्यक्त गरिन।
मन्त्री बादीले न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका लागि दुःखद भएको उल्लेख गर्दै पीडित परिवारको आवाज सुन्नु, मानव अधिकारको संरक्षण गर्नु तथा विधिको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताईन।
उहाँले सत्य, न्याय तथा संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै पीडित परिवारका जायज सरोकार सम्बन्धित निकायसम्म पुर्याउन आवश्यक समन्वय र पहलमा मन्त्रालय आफ्नो जिम्मेवारीअनुसार सक्रिय रहने स्पष्ट पारिन।
मन्त्री बादीले जातीय विभेद, सामाजिक अन्याय तथा कुनै पनि प्रकारका भेदभावविरुद्ध राज्य दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गर्दै संवैधानिक हकको प्रत्याभूति, समानता र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताईन।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ
सरकारले सार्वजनिक गरेको दलितका थरको विस्तृत सूचीमा के–के छन् ?