काठमाडौं । थापाथलीमा बदाम बेचेर जीविका चलाउँदै आएका ५७ वर्षीय हिरालाल पासवानको मृत्यु र रोल्पामा पहिरोमा परी ज्यान गुमाउने नागरिकको पीडालाई लिएर सामाजिक अभियन्ता तथा लेखक प्रदिप परियारले राज्यको संवेदनशीलता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
परियारले नागरिकले भोगिरहेका यस्ता पीडा र विपत्तिप्रति राज्य तथा समाज किन पर्याप्त संवेदनशील बन्न नसकेको भन्दै प्रश्न गरेका हुन्। उनले “हामीलाई हिरालाल पासवानको पीडा दुख्दैन, रोल्पामा पहिरोमा ज्यान गुमाउनेहरूको पीडा पनि दुख्दैन,हामीलाई आखिर के कुराले घोच्छ?” भन्दै राज्यको प्राथमिकतामाथि प्रश्न उठाएका छन्।
उनले सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न कति समय लगाउँछ र नागरिकको ज्यान जाने क्रम कहिलेसम्म जारी रहने हो भन्ने प्रश्नसमेत गरेका छन्।
“सरकारको प्राथमिकता के हो? नागरिकका यस्ता समस्या समाधान गर्न राज्यलाई आखिर कति समय लाग्छ? कति ज्यान गएपछि हामी गम्भीर हुन्छौँ?” परियारको प्रश्न छ।
उनका अनुसार यी प्रश्न सरकारमाथि आरोप लगाउनका लागि नभई राज्यलाई जवाफदेही बनाउनका लागि उठाइएका हुन्। विपन्न, विस्थापित, जोखिममा रहेका तथा प्राकृतिक विपत्तिको मारमा परेका नागरिकको जीवनप्रति राज्यको संवेदनशीलता र जिम्मेवारी अझ प्रभावकारी हुनुपर्ने उनको आशय छ।
पासवानको मृत्यु तथा रोल्पामा पहिरोमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परियारले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
हिरालाल पासवानको मृत्यु र रोल्पाको पहिरोले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ । नागरिकको ज्यान गइसकेपछि मात्र राज्यको ध्यान जाने हो कि नागरिकको जीवन जोगाउन राज्य समयमै सक्रिय हुनेछ ?








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ
सरकारले सार्वजनिक गरेको दलितका थरको विस्तृत सूचीमा के–के छन् ?