काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदैछन्।
संघीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।
प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि विभिन्न दलका ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्।
संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गरेका छन्। त्यस्तै नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले पनि प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने तयारी गरेका छन्।
नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि बढीमा १५ वटा प्रश्न दर्ता गर्न सकिने व्यवस्था छ। सत्तारूढ दल रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा मात्रै प्रश्न दर्ता भएको संसद् सचिवालयले जनाएको छ। अन्य दलका तर्फबाट भने तोकिएको कोटाअनुसार प्रश्न दर्ता भएका छन्।
सभामुख डोलप्रसाद अर्यालले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।
प्रधानमन्त्री शाहले गएको जेठ १७ गते संसद्मा बोल्ने क्रममा ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरूले संसद्मा निरन्तर विरोध जनाउँदै आएका थिए।
प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले दबाब बढाएपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ देखि ६० सम्मको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। आजको बैठकमा प्रधानमन्त्री शाहले लामो समयपछि सांसदका प्रश्नको सामना गर्दै जवाफ दिने भएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु