काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत कार्यबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
लामिछानेले सोमबारै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कार्यबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उनले त्यसबारे राष्ट्रपति पौडेललाई समेत जानकारी गराएको बताइएको छ ।
भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि भइरहेका सरकारी प्रयास र त्यस क्रममा देखिएका अवस्थाबारे छलफल भएको जनाइएको छ ।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा विभिन्न सरकारी संयन्त्रबाट खोजी, उद्धार र राहत कार्य जारी रहेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री