काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रयोग गर्न दुईवटा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्रीसहित आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आज शुक्रबार शिगात्सेस्थित रिजी बन्दरगाहमा राहत सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको चिनियाँ पक्षले जनाएको छ। सामग्रीमा बेलि प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बिमलगायत छन्।
पहिरोबाट क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापना तथा खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले बेलिब्रिजका सामग्री उपलब्ध गराइएको हो।
सोही दिन ल्हासामा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच हस्तान्तरण कार्यक्रमसमेत भएको थियो। कार्यक्रममा नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको चिनियाँ पक्षले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट