काठमाडौं । दक्षिण सुडानको राजधानी जुबामा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (UNMISS) अन्तर्गत तैनाथ नेपाली शान्ति सैनिकहरूले स्थानीय प्राथमिक विद्यालयका १९० जना विद्यार्थी तथा शिक्षकसँग अन्तरक्रिया गरेका छन्।
विद्यार्थीलाई शिक्षाप्रति थप उत्साहित बनाउँदै अध्ययनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाली शान्ति सैनिकहरूले विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरण गरेका थिए।
अन्तरक्रियाका क्रममा सैनिकहरूले बालबालिकासँग चित्रकला तथा लेखन अभ्याससमेत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीय शिक्षक तथा विद्यार्थीले नेपाली शान्ति सैनिकको सहयोगप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्। शान्ति सैनिकहरूले सुरक्षा जिम्मेवारीसँगै स्थानीय समुदाय र बालबालिकालाई लक्षित सामाजिक तथा रचनात्मक गतिविधि पनि सञ्चालन गर्दै आएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर