काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीन सरकारले नेपाललाई १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक बुझ्दै मन्त्री पोखरेलले विपत्तिको कठिन समयमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल–चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले नेपाललाई आइपर्ने सुख–दुःखमा चीन सधैँ साथमा रहने प्रतिबद्धता जनाए। उनले बाढीका कारण प्रभावित बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको बताए।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
भारतले फेरी पठायो ११ टन राहत सामग्री
नेपाल र भारतका अर्थमन्त्रीबिच बाढीपछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल
प्रधानमन्त्री साहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने जयशंकरको प्रतिबद्धता
भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट