काठमाडौं । लगातारको भारी वर्षापछि भारतको सिक्किमस्थित ग्याल्सिङ जिल्लाको रिम्बी गाउँमा ठूलो पहिरो गएको छ।
बिहीबार राति गएको पहिरोले २० भन्दा बढी घर बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सरकारी आवाससहित केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
घटनामा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।
घटनापछि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउँदै अवस्थाको निरन्तर निगरानी गर्न र आवश्यक उद्धार तथा सुरक्षाका उपाय तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तामाङले भारी वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै स्थानीय बासिन्दालाई सावधानी अपनाउन तथा प्रशासनका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर