म झझल्ती सम्झिरहेको छु
सडकमा
युवाहरू गोलीले ढलेको
रगतका आहालमा
सपनाहरू लत्पतिएको
कसैको छातीमा
गोलीको दाग
म अझै बिर्सन सकेको छैन
दनदनी बलेको सिंहदरबार,
सर्वोच्च अदालतको झ्यालबाट
निस्किएको आगोको मुस्लो,
राष्ट्रपति भवनतिर
उडिरहेको कालो धुवाँ,
संसद् भवन खरानी बन्दै गएको
त्यो रात।
म अझै सम्झिरहेको छु
भदौ २३ गते
सुशासन र भष्टाचारविरुद्ध
नारा लाउने सडकको भीड
भोलिपल्ट
आगो झोसिरहेको थियो।
आज पनि मनमा
तमाम प्रश्नहरू जीवित छन्
आगो किन लगाईयो ?
कसले आदेश दियो ?
सेनाले किन रोक्न सकेन ?
दमकलहरू
किन समयमै पुग्न सकेनन् ?
यी प्रश्नहरूको जवाफ
इतिहासले कुनै दिन दिनेनैछ।
तर
त्यो दिनको आगोले
केवल भवनहरु मात्र जलाएन,
हाम्रो पुरानो सभ्यता पनि जलायो।
देश खरानी बनेपछि
हामीले सोचेका थियौँ,
अब पुरानै तरिकाले
देश चल्दैन।
किनकि
हामी थाकिसकेका थियौँ
पुरानो अनुहारबाट।
हामीलाई
नयाँ अनुहार मात्र होइन,
नयाँ व्यवहार चाहिएको थियो।
नयाँ प्रधानमन्त्री होइन,
नयाँ शासन चाहिएको थियो।
हामीलाई
कुर्सीमा बसेको मान्छे होइन,
कुर्सीको चरित्र बदलिएको
हेर्नु थियो।
तर
आज जेनजी विद्रोहको एक बर्ष बितिसक्दा
बालेन्द्र साह नेतृत्वको सरकारले
छ महिना पुरा गर्दै गर्दा
फेरि प्रश्नहरू उठेका छन्।
सेना,पुलिस लाएर सुकुम्बासी बस्तीमा डोजर लाउने
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने
भरत दाहाल
किशोर श्रेष्ठ
दुर्गा प्रसाई
चोलेन्द्र शमशेर जवरालाई
प्रक्राउ गर्ने
फासीबादी चरित्र
बाहेक के नयाँ भयो ?
के भदौ २३ गतेको रगत
केबल सरकार फेर्न
बालेन्द्र साहलाई
प्रधानमन्त्री बनाउन थियो ?
म अझै सम्झिरहेको छु
स्कुले पोसाकमा झोला बोकेको त्यो युवक
जो
घरबाट निस्कँदा
आमालाई भनेको थियो
“छिट्टै फर्किन्छु।”
तर फर्किएन।
ती घर फर्कन नसकेकाहरुले
अब कहिले न्याय पाउँछन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण