काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।
गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।
पाटेकरका छोरा मल्हार पाटेकरले पनि परिवारको तर्फबाट उनको निधनको पुष्टि गरेका छन्। उनको निधनसँगै चार दशकभन्दा लामो समयदेखि हिन्दी तथा मराठी सिनेमामा प्रभाव छाड्दै आएका एक विशिष्ट कलाकारको यात्रा टुंगिएको छ।
सन् १९७८ मा ‘गमन’मार्फत हिन्दी सिनेमामा प्रवेश गरेका पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘राजनीति’ लगायतका फिल्ममा प्रभावशाली अभिनय गरेका थिए। गम्भीरदेखि हास्य भूमिकासम्म सहज रूपमा प्रस्तुत गर्न सक्ने उनको अभिनय शैली र संवाद बोल्ने विशिष्ट क्षमताका कारण उनी दर्शकमाझ लोकप्रिय थिए।
‘क्रान्तिवीर’मा गरेको अभिनयका लागि उनले उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय फिल्म पुरस्कारसमेत प्राप्त गरेका थिए। अभिनयसँगै निर्देशन र सामाजिक काममा पनि सक्रिय पाटेकरलाई सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो।
उनका पछिल्ला काममध्ये ‘हाउसफुल ५’ र ‘सुबेदार’ चर्चामा थिए। लामो समयदेखि भारतीय फिल्म क्षेत्रमा सक्रिय पाटेकरको निधनलाई भारतीय सिनेमाले ठूलो क्षतिका रूपमा लिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर