दैलेख । दैलेखको गुराँस गाउँपालिकास्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा दिवा खाजा खुवाउँदा दलित विद्यार्थीलाई अलग्गै राखिएको आरोप लागेको छ। सोमबार घटस्थापनाका दिन खाजा खुवाइएको तस्बिर सार्वजनिक भएपछि घटनाको विरोध भइरहेको छ।
तस्बिरमा अधिकांश विद्यार्थी एकै ठाउँमा बसेका छन् भने तीन जना विद्यार्थी अलग्गै बसेर खाजा खाइरहेको देखिन्छ। उनीहरूलाई जातकै आधारमा छुट्याइएको आरोप उठेपछि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ।
कर्णाली प्रदेशका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बसन्त विश्वकर्माले घटनाको विरोध गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
बालबालिकालाई समानताको शिक्षा दिनुपर्ने सार्वजनिक विद्यालयमै जातीय विभेद भएको आरोप लाग्नु गम्भीर विषय हो। यद्यपि, विद्यार्थीलाई जातकै आधारमा अलग्गै राखिएको हो भन्ने पुष्टि हुन सम्बन्धित पक्षको प्रतिक्रिया र छानबिन आवश्यक छ।
तस्बिर सामाजिक संजालबाट








दैलेखमा दलित विद्यार्थीमाथि जातीय विभेद
पितृसत्ताविरुद्ध वैचारिक बिमर्श
बूढीगण्डकी बाढी : ६ जनाको हेलिकोप्टरमार्फत उद्धार
गड्डाचौकीमा दसैँ मनाउन घर फर्किनेको भीड
बूढीगण्डकीको बाढीले दुई पुल र घर बगायो, बस्ती जोखिममा
जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ