ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई चीनले दियो स्काभेटर

ताप्लेजुङ । चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब १ करोड ७० लाख रुपैयाँ मूल्यको ब्रेकरसहितको स्काभेटर अनुदानमा दिएको छ।

सिन्धुपाल्चोकको तातोपानी नाकामा बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चिनियाँ प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी मेसिन बुझेको अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले जानकारी दिए।

स्काभेटर उपलब्ध भएपछि विकट भूगोल रहेको गाउँपालिकामा सडक निर्माण, स्तरोन्नति तथा मर्मतसम्भारका काम सहज हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले सहयोगका लागि चीन सरकार र समन्वयमा सहजीकरण गर्ने फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ