काठमाडौं । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं साँस्कृतिक टोली काठमाडौं आइपुगेको छ ।
लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई एसएस फाउन्डेसनले काठमाडौंमा विशेष समारोहबीच स्वागत एवम सम्मान गरेको छ ।
फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले मित्र राष्ट्र चीनका सर्जकहरुको भ्रमणले एक अर्काको संस्कृति, साहित्य र सभ्यताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपालको कला,संस्कृतिबारे चर्चा गर्दै उनीहरुले यश क्षेत्रमा आपसी सहकार्य र सहयोगको आवश्यकता अझै बढेको धारणा राखे ।
समारोहमा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी गीत संगीत प्रस्तुत गरिएको थियोे ।
चिनियाँ टोलीले पाटन दरबार लगायत उपत्यकाका ऐतिहासिक एवम पुरातात्त्विक क्षेत्रको अवलोकन पनि गरेको थियो ।
चीनको साहित्यिक एवं साँस्कृतिक टोली विहिबार काठमाडौं आइपुगेको हो । ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
चीन-पाकिस्तान सम्बन्धमा नयाँ आयाम, सम्बन्ध सुदृढ बनाउन अनुसन्धान केन्द्र बनाउने
चीनको १४ सदस्यीय साहित्यक टोली काठमाडौंमा
भारतीय विदेश सचिव आज नेपाल आउँदै