काठमाडौं । उज्यालो नेपाल पार्टीले ‘निर्वाचन प्रतिबद्धता–पत्र’ सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मुख्य नाराका साथ अध्यक्ष कुलमान घिसिङले घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
पार्टीले देशको प्रशासनिक खर्च घटाउन प्रतिनिधि सभा २०१ र प्रदेश सभा सदस्य संख्या ५५० बाट ३३० मा झार्ने उल्लेख छ ।
यस्तै, संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ वटामा सीमित गर्ने र राज्यमन्त्री वा सहायकमन्त्री नराख्ने नीति लिइएको छ । ‘प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री’को अवधारणा अघि सारिएको छ ।
सन् २०३५ सम्ममा नेपालको अर्थतन्त्रलाई १११ अर्ब अमेरिकी डलर पुर्याउने र प्रतिव्यक्ति आय करिब ४ हजार डलर पुर्याएर मुलुकलाई मध्यम आय भएको राष्ट्रमा रूपान्तरण गर्ने प्रतिबद्धता गरिएको छ । पार्टीले आगामी ५ वर्षमा ४५ लाख (वार्षिक ९ लाख) नयाँ रोजगारी सिर्जना गर्ने र युवाहरूका लागि १० लाख रुपैयाँसम्मको विना धितो स्टार्टअप ऋण उपलब्ध गराउने उल्लेख गरेको छ ।
घोषणापत्रमा ऊर्जा क्षेत्रलाई समृद्धिको मुख्य आधार मानिएको छ । सन् २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गरी भारत, बंगलादेश र चीनतर्फ निर्यात गर्ने लक्ष्य राखिएको छ । विद्युत् निर्यातबाट वार्षिक ५ अर्ब डलर राजस्व प्राप्त गर्ने र ‘कार्बन न्युट्रल नेपाल’को अवधारणालाई अघि बढाउने पार्टीको योजना छ ।
हरेक नागरिकलाई विश्वविद्यालय तहसम्मको शिक्षा निःशुल्क दिने र ‘कमाउँदै सिक्दै’ कार्यक्रम अन्तर्गत प्लस टुका विद्यार्थीलाई इन्टर्नसिप र मासिक १० हजार भत्ता दिने प्रस्ताव गरिएको छ ।
भ्रष्टाचार गर्नेलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने र उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर नीति पार्टीले लिएको कुलमानले सुनाए । सरकारी कर्मचारी र जनप्रतिनिधिले अनिवार्य रूपमा वार्षिक अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
आफ्नो सरकार बनेमा हरेक वर्ष आफ्नो प्रतिबद्धता कार्यान्वयनको प्रगति विवरण ‘रिपोर्ट कार्ड’ मार्फत जनतामाझ सार्वजनिक गर्ने वाचा गरेको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी