नेपाल र भारतका अर्थमन्त्रीबिच बाढीपछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा बिहीबार भएको भेटमा नेपालमा बाढीपछि आवश्यक पुनर्निर्माण तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यसमेत सहभागी थिए। छलफलका क्रममा विकास सहकार्य, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीसँग सम्बन्धित विषयमा कुराकानी भएको भ्रमण टोलीका एक सदस्यले जानकारी दिए।

नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सम्भावना तथा आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा समेत दुवै मन्त्रीबीच छलफल भएको बताइएको

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ