एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला दोस्रो दिन बिहीबार पनि जारी रहनेछ। भेलाको आजै समापन गर्ने कार्यक्रम छ।

भेलालाई पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन्।

भेलाले समसामयिक प्रस्ताव पारित गर्नेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ।

यसैबीच, दिउँसो ३ बजेदेखि पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ