काठमाडौँ । देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।








भोटेकोशी बाढीपीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
संविधान र लोकतन्त्रको रक्षाका लागि जनता उठ्नुपर्छ : ओली
लोहोरो हानेर श्रीमतीको हत्या
बर्दियाको जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्दै
दुई करोड ४६ लाख खर्चेर बनाइएको खानेपानी संरचना तीन वर्षदेखि अलपत्र
ज्यान जोखिममा परेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार