काठमाडौं । हाल नेपालमा पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले केही प्रदेशमा आंशिक बदली हुनुका साथै शनिबार वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार कोशी, मधेस र बागमती प्रदेशका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
शुक्रबार दिउँसो र राति कोशी तथा मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शनिबार भने देशभर आंशिक बदली रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।








माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गर्न आज मन्त्रिपरिषद् बैठक
स्थानीय तह निर्वाचनको तयारीबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
यस्तो रहनेछ आजको मौसम