काठमाडौं। जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो।
दुर्गम तथा भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याई आमा र शिशुको जीवन रक्षा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पुर्याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षाको आधार प्रदान गर्दै आएको छ।








भोटेकोशी बाढीपीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
संविधान र लोकतन्त्रको रक्षाका लागि जनता उठ्नुपर्छ : ओली
चितवनबाट सुरु भयो चलचित्र ‘मोहनी’ को छायांकन
लोहोरो हानेर श्रीमतीको हत्या
बर्दियाको जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्दै
दुई करोड ४६ लाख खर्चेर बनाइएको खानेपानी संरचना तीन वर्षदेखि अलपत्र
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सुरु
ज्यान जोखिममा परेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार