काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा भारत भ्रमणका क्रममा उठाइने विषय र तय गरिने एजेण्डाबारे छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री साहले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस ब्रिफिङ गर्ने भएको छ।








माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गर्न आज मन्त्रिपरिषद् बैठक
स्थानीय तह निर्वाचनको तयारीबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
यस्तो रहनेछ आजको मौसम