वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडौं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकाछन् ।

राप्रपा काठमान्डौ क्षेत्र नं १ का दुवै प्रदेशको महाधिवेशन प्रतिनिधि छनौट गर्ने कार्यको लागि भएको मनोनयनमा दुवै क्षत्रका महिला प्रतिनिधि वाहेक अरु सवै क्लस्टरको सर्वसम्मत भएको हो ।

कलाकार श्रेष्ठसहितका उम्मेदवारलाई सर्वसम्मत गराउन नेता श्याम श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहेको थियोे ।

महिला प्रतिनिधिको हकमा शनिवार निर्वाचन हुने भएको छ।

४० वर्ष मुनिका प्रतिनिधिमा २० वर्षीय ईन्जिनियर आस्ना वलि र २४ वर्षीय कोरियो ग्राफर आकाश विराजी सर्वसम्म्त भएकाछन् ।
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरको तेस्रो साता सम्पन्न हुँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ