वामपन्थी एकताका लागि प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिबीच एकताका लागि प्रयास भइरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ गर्दै उनले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउँदै अन्य वामपन्थी शक्तिसँग एकता गर्ने प्रयास भइरहेको बताए।

उनले २०७५ साल जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रबीचको एकताबाट पाठ सिक्दै आगामी एकता अघि बढाउनुपर्नेमा जोड दिए।

नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई जनतासँग जोडिन र संगठन निर्माणमा सक्रिय हुन आग्रह गरे। दल र जनताबीचको दूरी घटाउन लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ