प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साहलाई भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री साहलाई स्वागत गरेका थिए। समारोहमा भारतीय सेनाको टुकडीले प्रधानमन्त्री साहको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

समारोहमा नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डेसहित दुवै देशका उच्च सरकारी अधिकारी सहभागी थिए।

सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री साह महात्मा गान्धीको समाधिस्थल राजघाटतर्फ प्रस्थान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ