बालेन–मोदी वार्ता सकियो, सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको ‘वन अन वन’ भेटवार्ता सम्पन्न भएको छ।

सोमबार बिहान नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि दुवै देशका प्रधानमन्त्री प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन्।

बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।

सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री साह र मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई भ्रमणका उपलब्धिबारे जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ