काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक प्याकेज घोषणा गरेका छन्।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री वालेन्द्र साहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त सहयोग घोषणा गरेका हुन्। गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा विकासका काममा उक्त रकम खर्च गरिने जनाइएको छ।
यसैबीच, मोदी र साहले अयोध्या–जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन गरेका छन्। दुवै प्रधानमन्त्रीले सडक, रेल तथा विद्युत्सम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत गरेका छन्।
प्रधानमन्त्री साहको पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय वार्ता तथा विभिन्न समझदारी र सहकार्यका कार्यक्रम सम्पन्न भएका छन्।








विवाह संस्थालाई चुनौती दिँदै रुपा र देवको सहजीवन
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास