विहानै भुकम्पको धक्का महसुस

काठमाडौं । आज बिहान देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। बिहान ७ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार भूकम्पको केन्द्रबिन्दु नेपालको ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्र आसपास रहेको थियो।

केन्द्रका अनुसार भारतको सिक्किमस्थित ग्याल्सिङबाट ६८ किलोमिटर उत्तर–पश्चिम र दार्जिलिङबाट ९४ किलोमिटर उत्तर–उत्तरपश्चिममा केन्द्रबिन्दु रहेको भूकम्प ५.३ म्याग्निच्युडको मापन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ