भूकम्पबाट क्षतिको विवरण प्राप्त भएको छैन : प्रजिअ दाहाल

काठमाडौं । ताप्लेजुङमा आज बिहान गएको भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताएका छन्।

उनका अनुसार बिहान ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट कुनै क्षति भए-नभएकोबारे प्रहरी र स्थानीय तहसँग जानकारी लिने काम भइरहेको उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ