यस्तो छ आजको मौसम

काठमाडौँ । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ।

त्यस्तै, बिहीबार बिहान काठमाडौँ उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रका केही स्थानमा अहिले पनि हुस्सु लागेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ