कञ्चनपुर । जलवायु परिवर्तन र प्राकृतिक विपद् बाट हुने क्षति न्यूनीकरण गर्न कञ्चनपुरका स्थानीय तह एकजुट भएका छन्। वेदकोट नगरपालिकामा मंगलबार सम्पन्न छैटौँ कञ्चनपुर सम्मेलनले १३ बुँदे ‘वेदकोट घोषणापत्र’ जारी गर्दै जलवायु अनुकूलन र विपद् व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।
‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने नारासहित आयोजित सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा विकास साझेदार सहभागी थिए। सम्मेलनमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका चुनौतीबारे छलफल भएको थियो।
सम्मेलन उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् सामना गर्न सक्षम समुदाय निर्माण घरपरिवारबाटै सुरु हुनुपर्ने बताए। उनले पूर्वाधार विकास गर्दा वातावरणीय पक्ष र विपद्को जोखिमलाई ध्यान दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले विपद्सम्बन्धी सूचना र पूर्वतयारीलाई समुदायको तल्लो तहसम्म पुर्याउनुपर्ने बताए। उनले जोखिमको सूचना प्रभावकारी बनाउन एसएमएससँगै ठूलो आवाज र कम्पनमार्फत सचेत गराउने सेल ब्रोडकास्टिङ प्रणालीको परीक्षण सफल भएको जानकारी दिए।

बाढी, डुबान र नदी कटानको उच्च जोखिममा रहेको कञ्चनपुरमा महाकाली, जोगबुढा, दोदा, चौधरलगायत नदीबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय तहबीच समन्वय र सामूहिक पूर्वतयारी आवश्यक रहेको सम्मेलनले औँल्याएको छ।
यसअघि भीमदत्त, पुनर्वास, दोधारा चाँदनी, लालझाडी र बेलौरीमा यस्ता सम्मेलन आयोजना भइसकेका छन्।
स्थानीय सरकारको अगुवाइमा सम्पन्न सम्मेलनमा एनएनएसडब्लूए, डिसीए नेपाल, प्रोस्पर ग्लोबल, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल, आईएचआरआर, नक्सा प्रालि, नबिल बैंक र शिखर इन्स्योरेन्सलगायत संस्थाले सहकार्य गरेका थिए ।
मेयर्स फोरमको अवधारणाबाट सुरु भएको कञ्चनपुर सम्मेलन पछिल्लो समय विपद् व्यवस्थापन, जलवायु अनुकूलन र दिगो विकासका विषयमा छलफल गर्ने साझा मञ्चका रूपमा अघि बढिरहेको छ । यसअघि भीमदत्त, पुनर्वास, दोधारा चाँदनी, लालझाडी र बेलौरीमा यस्ता सम्मेलन आयोजना भइसकेका छन् ।








लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भमा सिता बादीको सम्बोधन (भिडियो)
‘सुकुमबासीलाई होल्डिङ सेन्टर छाड्न निर्देशन’
घरभित्रै असुरक्षित छन् महिला
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले अन्तरिम आदेश नदिनुको अन्तर्य !
आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
यस्तो रहनेछ आजको मौसम