आनी छोइङको नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चमा पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दायर गरेको हो ।

रिटमा नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद विचाराधीन रहेको तथा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ अनुसार आवश्यक योग्यता नपुगेको दाबी गरिएको छ ।

सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर रिटमा नियुक्तिको वैधानिकता परीक्षण गर्न माग गरिएको छ ।

मन्त्रिपरिषद्ले गत असोज ३० गते आनी छोइङलाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । उनले मंसिर २ गते पदबहाली गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ