काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताएको छन । राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएको हो ।
उनले केबलकार निर्माणको क्रममा देखिएका समस्याहरु समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताए। उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे। सरकारले शान्तीपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भिरतापूर्वक लिएको उनको भनाइ छ ।
उनले भने,’ताप्लेजुङको पाभिरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ । यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजिकरण गरिराखेको छ । आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध छ ।’
उनले हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ती सुरक्षा प्रदान गरिरहेको दाबी गरे ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
रास्वपा सचिवालय बैठक जारी, भोटेकोशी विपद् र समसामयिक राजनीतिबारे छलफल