काठमाडौं। काठमाण्डु प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गरेको हो । विज्ञ सल्लाहकारले राज्यमन्त्री सरह सुविधा पाउँछ ।
पूर्वकानुनमन्त्रीसमेत रहेका खरेल यसअघि २०७४ सालमा प्रधानमन्त्री ओलीकै पालामा महान्यायाधिवक्ता नियुक्त भएका थिए ।
२०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त भएका खरेलले २०७७ चैत ६ गते राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएपछि उनले राजीनामा दिएका थिए ।
खरेल पहिलो संविधान सभामा एमालेको समानुपातिक कोटाबाट सांसद बनेका थिए भने दोस्रो संविधान सभामा उनलाई मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो ।
खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहँदै बार एसोसिएसनका महासचिव समेत भइसकेका हुन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री