काठमाडौं । नेकपा माओवादी केन्द्र नेता शिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन् ।
प्रधानमन्त्रीले साथ खोजेपछि काठमाडौं केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरिएको उनले बताए ।
‘प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्डको संवाद भयो । संवादमा ठ्याक्कै कुरा के भयो भन्ने भन्दा पनि उहाँले राजावादीको गतिविधिबारे अवगत गराउनुभयो । यो व्यवस्थाको, गणतन्त्रको माया त माओवादीलाई छ’ अभियान स्थगित हुनुको कारणबारे शर्माले भने ।
यही फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान शनिबार माओवादीले स्थगित गरेको छ । राजावादीको गतिविधि मत्थर पार्ने नीति अन्तर्गत अभियान स्थगित गरिएको नेताहरू बताउँछन् ।
शर्मा भन्छन्, ‘माओवादी तराइ मधेशतिर हुने । यता काठमाडौंमा राजवादीहरू सडकमा देखिने र सरकार यस्तो बेला कमजोर रहेको भान हुने कुरा सैह्य भएन ।’
सरकारले प्रभावकारी काम गर्न नसक्दा जनतामा निराशा रहेको र यसको जिम्मेवार सरकार नै भएको शर्मा बताउँछ्न । तर, गणतन्त्रको विषयमा त ठूला दलहरू एक ठाउँमा छन् । गणतन्त्रकै विषयमा अनावश्यक गतिविधि हुन्छन् भने त्यसको प्रतिकारमा उत्रन माओवादी तयार रहेको शर्माले बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री