कालो सेतो तस्बिरमा
हँसिलो र उज्यालो देखिन्छ चेहरा
काँधसम्म झरेको मेरो कपाल,
आँखामा सयौं सपनाको बास छ।
चश्माको फ्रेमपछाडि,
गहिरिएको मेरो दृष्टिले
खोजिएको छ निकास
नाकको सानो फुलीमा
सजिएको छ पुर्वीया संस्कृति।
सेतो कुर्ताको शालिनता,
कालो सलको न्यानोपन,
शब्दले नबोली भनेको छ
“म छु यहाँ, आफ्नोपनमा।”
घरको कुनाको उज्यालोमा,
उभिएकी म शान्त देखिन्छु
मेरो तस्बिरको
मुस्कानमा लुकेको छ,
हजार कथा अविरान्त।
मेरै तस्बिरको तारिफमा
लेखेकी छु,मेरै भावको कविता








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण