काठमाडौं । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ पारित भएको छ । आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिका बैठकबाट पारित भएको हो । निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ । उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ ।
त्यो नीति अन्तर्गत पार्टीका सबै नेता कार्यकर्ता चुनावको मैदानमा खटिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीका साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत तत स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहने उल्लेख छ ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहने निर्देशिकामा उल्लेख छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो