एनपिएलमा आज को-को भिड्दैछन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज् आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२:३० बजे र दोस्रो खेल अपराह्न ५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ