पहिरोले बिपी राजमार्ग अवरुद्ध,तत्काल खुल्ने सम्भावना न्यून

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वर्षा जारी रहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न कठिन छ।

कार्यालयका सूचना अधिकारी रविन विष्टले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ