काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढी तथा गेग्रानसहितको पहिरोपछि चीनतर्फको ग्यिरोङ पोर्टमा पनि क्षती भएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले ३१ मिनेट अघि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘Gyirong Port: Before and After the Disaster’ शीर्षकमा दुई तस्बिर सार्वजनिक गरेको हो। तस्बिरमा विपद्अघि र विपद्पछिको ग्यिरोङ पोर्ट क्षेत्रको अवस्थालाई तुलनात्मक रूपमा देखाइएको छ।
दूतावासले सार्वजनिक गरेको पहिलो तस्बिर भदौ १० को हो भने दोस्रो तस्बिर भदौ ११ को रहेको छ। दुवै तस्बिरमा चीन र नेपालतर्फको भूभाग तथा ग्यिरोङ पोर्ट क्षेत्रलाई चिनाइएको छ।
तस्बिरमा विपद्अघि हरियालीसहित सडक तथा विभिन्न संरचना देखिने क्षेत्र बाढी र पहिरोपछि ठूलो मात्रामा माटो, ढुंगा तथा गेग्रानले पुरिएको देखिन्छ। पोर्ट आसपासको भू–दृश्यमै व्यापक परिवर्तन आएको तस्बिरले देखाउँछ।
गत भदौ १० मा नेपाल–चीन सीमाक्षेत्रमा आएको शक्तिशाली बाढी तथा पहिरोले रसुवाको ल्हेन्दे खोलादेखि चीनको ग्यिरोङ पोर्टसम्म ठूलो क्षति पुर्याएको थियो। घटनाका कारण सडक, पुल, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि सीमाक्षेत्रमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको थियो।
चिनियाँ दूतावासले सार्वजनिक गरेको ‘पहिले र पछि’को तस्बिरले उक्त विपद्ले ग्यिरोङ पोर्ट क्षेत्रमा पारेको भौतिक क्षतिको भयावह दृश्य स्पष्ट पारेको छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी