जटिल प्रसूति समस्या भएकी महिलाको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । जटिल प्रसूति समस्या देखिएकी रुकुम पश्चिमको त्रिवेणी–१ की ३० वर्षीया महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको हवाई उद्धार कार्यक्रममार्फत उनलाई थप उपचारका लागि सुर्खेत लगिएको हो।

आश्विन १ गते उद्धार गरिएकी ती महिलाको सुर्खेतमा थप उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ