जुम्ला । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालका अनुसार पातारासी गाउँपालिकाका ३३ जना र गुठीचौर गाउँपालिकाका ६ जना गरी ३९ आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको हो। संकलित नमुना ललितपुरस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहयोगमा पातारासी र गुठीचौरका आफन्तबाट संकलन गरिएका ३९ वटा रगतका नमुनाको डीएनए परीक्षण भइसकेको जानकारी दिए। बाँकी आफन्तको नमुना काठमाडौंमै संकलन गरिएको जानकारी प्राप्त भएको उनले बताए।
प्रयोगशालामा नमुनाबाट डीएनए प्रोफाइल तयार गरी बाढीमा फेला परेका शवसँग मिलान गरिनेछ। पहिचान प्रक्रिया पूरा भएपछि सम्बन्धित परिवारलाई शव बुझाउने व्यवस्था गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीपछि जुम्लाका ९३ जना नागरिक सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् भने ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव भेटिए
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)