काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ जनाको शव फेला परेको छ।
आयोजनाको अडिट–३ हुँदै ‘अपस्ट्रिम हेड रेस टनेल’ क्षेत्रमा खोजी गर्ने क्रममा उद्धार टोलीले थप शव फेला पारेको हो। भोटेकोशी बाढीपछि सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त टोली परिचालन गरिएको छ।
खोजीका क्रममा कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा शव भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आइतबार भेटिएका १३ शवसहित अडिट–३ क्षेत्रबाट निकालिएको शवको संख्या ३७ पुगेको छ।
उक्त क्षेत्रबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ। शव पहिचानका लागि मृतकका परिवार तथा आफन्तलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले आवश्यक समन्वय गर्न आग्रह गरेको छ।
सुरुङभित्र थप व्यक्तिको खोजीका लागि तालिमप्राप्त सर्च डगसहितको टोली परिचालन गरिएको छ। दुईतर्फी सुरुङमा मिनी एक्साभेटर प्रयोग गरेर पनि खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
गत भदौ १० गते आएको भोटेकोशी बाढीपछि आयोजनामा कार्यरत ४५८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)