काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन्।
प्रहरीका अनुसार रसुवाबाट २३६, नुवाकोटबाट २०३, धादिङबाट ७२, चितवनबाट ३६७, गोरखाबाट ७९, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २३२ र नवलपरासी पश्चिमबाट २२२ जनाको शव फेला परेको छ। बाढीमा घाइते भई काठमाडौंमा उपचाररत दुई जनाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए परीक्षणलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म पहिचान तथा अन्य प्रक्रिया पूरा गरिएका १ हजार २ सय ९२ शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
शव पहिचानका लागि मृतकका आफन्त तथा सम्बन्धित व्यक्तिबाट गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको छ। यसमध्ये मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ नमुना रहेका छन्।
प्रहरीले पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। यसबाट आफन्त तथा परिवारजनलाई शव पहिचान प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतका कामका लागि अहिलेसम्म ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ६ सय ५५ जना बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३ सय ४२ जनालाई राखिएको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव भेटिए
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)